काठमाडौँ,२९,मंशिर
सर्वोच्च अदालतले नेकपा एमालेका निर्वाचित सांसद तथा पूर्व डिआइजी नवराज सिलवाललाई कार्य सम्पादन मुल्याङ्कन गलत गरेको ठहर गर्दै कारबाही गर्न आदेश गरेको छ ।फैसलाको पूर्णपाठमा सिलवालले आफू प्रहरी प्रमुख हुनका लागि नक्कली कार्यसम्पादन मूल्यांकन पेश गरेको ठहर गरिएको छ। लोकसेवा आयोग लगायत निकायमा अति गोप्य रहने कार्य सम्पादन मूल्यांकन फारम सिलवालले सर्वोच्चमा आफू प्रतिस्पर्धी मध्ये अग्रस्थानमा रहेको दाबीका साथ पेश गरेका थिए।
सर्वोच्चले गोप्य रहने कासमू फरक पार्ने कार्यमा संलग्न सबैलाई अनुसन्धान गरी दोषी उपर कारबाही चलाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतका नाममा आदेश जारी गरेको हो। सिलवालले बढुवाका लागि प्रस्तुत गरेको कार्य सम्पादन मुल्याङ्कन गलत रहेको ठहर गर्दै कारवाही गर्न सर्वोच्चले आदेश गरेको हो । सर्वोच्चले फैसलाको पूर्ण पाठमा सिलवालले सरकारी कागज किर्ते गरी फरक अंक उल्लेख गरेको र सर्वोच्च अदालतमा बढुवाका सन्दर्भमा पेस गरेको कार्य सम्पादन मुल्याङ्कन फारममा अंक फरक पारेको विषयमा अनुसन्धान गरी त्यस्तो फरक कार्य सम्पादन मुल्याङ्कन र पेस गर्ने विरुद्ध कारवाही चलाउन नेपाल सरकारका नाममा आदेश दिएको हो। सर्वोच्चको आदेशसँगै सिलवालको सांसद पद धरापमा परेको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया