सप्तरी ,२९,मंशिर
जिल्ला प्रशासन कार्यालय परिसरमै बसेर नक्कली नागरिकता बनाउने कर्मचारी सहितको गिरोह प्रहरीको फन्दामा परेको छ। प्रहरीले जिल्ला प्रशासन कार्यालयका सहयोगी सर्लाही ब्रह्मपुरी ७ बस्ने अजयकुमार यादव र राजविराज नगरपालिका १० का सचिव महदेवा गाउँपालिका १ बस्ने मो. वकिल मियाँलाई प्रमाण सहित पक्राउ गरेको छ। मिलेमितोमा लामो समय देखि भारतीय नागरिकलाई नक्कली नागरिकता वितरण भइरहेको खुलासा भएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट १ लाख १५ हजार नगद सहित प्रशासकीय अधिकृत, जिल्ला प्रशासन कार्यालय, वडा सचिव लेखेको नक्कली छाप, स्ट्याम्प प्याड, रजिस्टर तथा नागरिकता र फोटा बरामद गरेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।
नक्कली छाप तथा दस्तखत किर्ते गरी झुट्टा नागरिकता प्रमाणपत्र लिए–दिएको आरोपमा प्रहरीले ६ जना माथि मुद्दा चलाएको छ। यो धन्दामा संलग्न अन्य सहयोगीको समेत खोजी भइरहेको प्रहरी उपरीक्षक सिंहले बताए।
अन्नपूर्णबाट































प्रतिक्रिया