काठमाडौं,२७,मंशिर
राष्ट्रियसभा चुनाव नहुँदा सम्म संघीय संसद्ले पूर्णता नपाउने भएको छ । संसद्ले पूर्णता नपाई नयाँ सरकार गठन हुन सक्दैन । "/>

संविधान अनुशार राष्ट्रियसभा गठनपछि मात्र नयाँ सरकार बन्ने

संविधान अनुशार राष्ट्रियसभा गठनपछि मात्र नयाँ सरकार बन्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२७,मंशिर
राष्ट्रियसभा चुनाव नहुँदा सम्म संघीय संसद्ले पूर्णता नपाउने भएको छ । संसद्ले पूर्णता नपाई नयाँ सरकार गठन हुन सक्दैन । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ दुई तिहाइ जित्ने वामपन्थी गठबन्धनका नेताले भने पुस १५ गते भित्र सरकार गठन गर्ने दाबी गर्दै आएका छन् । राष्ट्रियसभा गठन पछि मात्रै नयाँ सरकार गठन हुनेछ । संविधानले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त रुपलाई संघीय संसद भनेको छ ।
‘प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदन सहितको एक संघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद भनिनेछ,’ सविधानको धारा ८३ मा लेखिएको छ । ‘संविधानको धारा ८४ (८) मा ‘यस भागमा अन्य कुरा लेखिएको भए पनि संघीय संसदमा प्रतिनिधित्व प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको एक तिहाइ सदस्य महिला हुन पर्नेछ’ भन्ने उल्लेख छ । जस अनुसार २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रियसभाका एकतिहाइ अर्थात् १ सय ११ जना महिला सांसद हुनु पर्छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा एक तिहाइ महिला अनिवार्य छ ।
निर्वाचन आयोगका अधिकारीले राष्ट्रियसभा गठन नभई संघीय संसद्ले पूर्णता नपाउने बताएका छन् । निर्वाचन आयुक्त इला शर्माले ‘३३ प्रतिशत महिला प्रतिनिधित्व संवैधानिक अनिवार्यता अनुसार राष्ट्रियसभा निर्वाचन नसकी समानुपातिक प्रतिनिधित्वको टुंगो लगाउन नसकिने भएकाले राष्ट्रियसभा ऐन अत्यावश्यक’ भन्दै ट्विट गरेकी छन् ।
नागरिकबाट

Logo