काठमाडौं,२६,मंशिर
काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा समानुपातिक तर्फ नेपाली कांग्रेसले ९ हजार १२१ मत पाएको छ । १ नम्बर क्षेत्रमा नेकपा एमाले भन्दा विवेकशील साझा पार्टीले बढी मत पाएको छ । विवेकशील साझाले ६ हजार ९११ र एमालेले ६ हजार ५०८ मत पाएका छन् । यसैगरी नेकपा माओवादी केन्द्रले १ हजार ६८० मत प्राप्त गरेको छ । कुल २८ हजार २४६ मतमा ८५९ मत बदर भएको थियो । अहिले निर्वाचन क्षेत्र ५ बाहेक सबै क्षेत्रको समानुपातिकतर्फको मतगणना भइरहेको छ । बुधबार सम्म काठमाडौँका सवै निर्वाचन क्षेत्रको समानुपातिकतर्फको मतपरिणाम आउने बताइएको छ।





























प्रतिक्रिया