इटहरी, २६,मंशिर

सुनसरीको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यका लागि भइरहेको मतगणनाका क्रममा नोट भेटिएको तथा मतपत्रमा काटिने भाग समेत फेला परेको भन्ने विषयमा उत्पन्न विवाद अझै जारी छ । "/>

सुनसरी ३ को स्थगित मतगणना अझै सुचारु भएन

सुनसरी ३ को स्थगित मतगणना अझै सुचारु भएन

केन्द्रबिन्दु
0
Shares

इटहरी, २६,मंशिर

सुनसरीको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यका लागि भइरहेको मतगणनाका क्रममा नोट भेटिएको तथा मतपत्रमा काटिने भाग समेत फेला परेको भन्ने विषयमा उत्पन्न विवाद अझै जारी छ । हिजो दिउसो देखि शुरु भएको विवादमा वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले) नेत्री भगवती चौधरी र नेपाली काँग्रेसका उम्मेदवार उपप्रधानमन्त्री विजयकुमार गच्छदार बीच एकापसमा धाँधलीको घोचपेच चल्दा लामो समय देखि विवादले निकास पाउन नसकेको हो । विवाद बीच अपराह्न एमाले र काँग्रेस नेता कार्यकर्ता बीच झडपको स्थिति समेत पैदा भएको थियो । पछिल्लो मतगणनाको सार्वजनिक नतिजानुसार चौधरीले २९ हजार ३२६ र गच्छदारले भगवती भन्दा १५५ मत कम अर्थात् २९ हाजार १७१ मत प्राप्त गरेका छन् ।
रासस

Logo