काठमाडौं,२६,मंशिर

विगतमा निर्वाचन भए लगत्तै स्वागत गर्ने छिमेकी भारत र चीन प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनपछि मौन छन् । "/>

नेपालको निर्वाचन बारे छिमेकी राष्ट्र मौन

नेपालको निर्वाचन बारे छिमेकी राष्ट्र मौन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२६,मंशिर

विगतमा निर्वाचन भए लगत्तै स्वागत गर्ने छिमेकी भारत र चीन प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनपछि मौन छन् । तर संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन र जापानले निर्वाचन शान्तिपूर्ण तथा स्वच्छ रूपमा सम्पन्न भएको भन्दै स्वागत गरेका छन् । भारतले निर्वाचन सम्पन्न भइसके पछि मात्रै प्रतिक्रिया दिने भएको छ । ‘अहिले हतारमा हामी टिप्पणी गर्दैनौँ, निर्वाचनको परिणाम आइसके पछि हामी हार्दिकता पूर्वक धारणा राख्छौँ, घटनाक्रमलाई नजिकबाट हामीले नियालि रहेका छौँ,’ भारतीय विदेश मन्त्रालयका एक उच्च अधिकारीले दिल्लीबाट टेलिफोनमा भने, ‘नेपालमा जसको सरकार गठन भए पनि हाम्रो सम्बन्धमा दायाँ बायाँ हुँदैन, हामी नेपालका सबै पक्षसँग निरन्तर संवाद र सम्पर्कमा छौँ ।’ चीनले पनि निर्वाचन सम्पन्न भइसकेपछि प्रतिक्रिया दिने नेपाल स्थित चिनियाँ दूतावासका एक अधिकारीले बताए ।
नयाँ पत्रिकाबाट

Logo