पोखरा, २३, मंसिर
प्रतिनिधिसभा एवं प्रदेश सभाको निर्वाचनको जारी मतगणनामा वाम गठबन्धनको अग्रता कायमै छ । पछिल्लो मतपरिणम अनुसार प्रतिनिधिसभा तर्फ कास्की क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार खगराज अधिकारीले १२ हजार ७९९ मत प्राप्त गरेका छन् भने उनलाई नेपाली काँग्रेसका यज्ञबहादुर थापाले ८ हजार ७०१ मतले पछ्याइ रहेका छन् ।
कास्की क्षेत्र नं २ मा वाम गठबन्धनका उम्मेदवार रवीन्द्र अधिकारीले १२ हजार ८४६ मत प्राप्त गरेका छन् भने उनलाई नेपाली काँग्रेसका देवराज चालिसेले ८ हजार ९४३ मत सहित पछ्याई रहेका छन् । त्यस्तै क्षेत्र नं ३ मा वाम गठबन्धनका जगत विश्वकर्माले ११ हजार ७३७ मत प्राप्त गरेका छन् भने उनलाई नेपाली काँग्रेसका शुक्रराज शर्माले ९ हजार ५९३ मत सहित पछ्याई रहेका छन् । ३ वटा निर्वाचन क्षेत्र भएको जिल्लाका कास्की क्षेत्र नं १, २ र ३ मा क्रमशः ६९ हजार २०, ५० हजार १ र ६१ हजार ८९२ मत खसेको थियो । प्रत्येक निर्वाचन क्षेत्रको ४ ठाउँबाट मतगणना कार्य भइरहेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।
रासस





























प्रतिक्रिया