इलाम, २३ मंसिर
जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ । क्षेत्र नं १ मा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले ९ हजार ९६९ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् भने नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले ५ हजार ७५९ मत प्राप्त गरेका छन् । "/>

इलाममा खनाल र नेम्वाङको अग्रता

इलाममा खनाल र नेम्वाङको अग्रता

केन्द्रबिन्दु
0
Shares

इलाम, २३ मंसिर
जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा सबै क्षेत्रमा वाम गठबन्धनले अग्रता लिएको छ । क्षेत्र नं १ मा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले ९ हजार ९६९ मत प्राप्त गर्दै अग्रता कायमै राखेका छन् भने नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले ५ हजार ७५९ मत प्राप्त गरेका छन् ।  त्यसैगरी इलाम–२ मा वाम गठबन्धनका सुवास नेम्वाङले ९ हजार ८४३ मत प्राप्त गर्दा काँग्रेसका केशव थापाले ६ हजार ९७३ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा २ (क) मा वाम गठबन्धनका राम रानाले पाँच हजार चार मत र काँग्रेसका डम्बर खड्काले चार हजार २२ मत प्राप्त गरेका छन् । प्रदेशसभा–२ (ख) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता धीरेन्द्र शर्माले ४ हजार १४४ मत प्राप्त गर्दा काँग्रेसका नेता खगेन्द्र देवानले २ हजार ८४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभा १ (क) मा वाम गठबन्धनकी खिनु लिम्बूले चार हजार ७९८ र काँग्रेसका देवेन्द्र राईले दुई हजार ८७८ मत प्राप्त गरेका छन् । प्रदेशसभा १ (ख) मा वाम गठबन्धनकै काजीमान कागतेले ६ हजार ६७७ र काँग्रेसका दुर्गा बरालले ३ हजार ३३७ मत प्राप्त गरेका छन् ।
रासस

Logo