मंसिर, २३, काठमाडौं
नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले हिजो राति १२ बजे देखि लागू हुने गरी सबै प्रकारको इन्धनको मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार पेट्रोलमा प्रतिलिटर दुई, डिजेल र मट्टितेलमा तीन र तीन, हवाई इन्धनमा पाँच र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरिएको हो ।
नयाँ मूल्यसूची अनुसार काठमाडौँ उपत्यकाको हकमा प्रतिलिटर पेट्रोलको १००, डिजेल र मट्टितेलको ७७ रुपैयाँ समान तथा हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर ८७ समायोजन गरिएको छ भने हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर ८५० अमेरिकी डलर कायम गरिएको प्रवक्ता गोइतले बताए । खाना पकाउने एलपी ग्याँसको भने एक हजार ३५० मूल्य कायम गरिएको छ । यता पोखरा र दाङका लागि भने प्रतिलिटर पेट्रोलको मूल्य ९९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य ७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
रासस





























प्रतिक्रिया