काठमाडौँ, २०, मंसिर
निर्वाचन आयोगले मतगणना स्थलमा सकेसम्म सिसिटिभी राख्न सबै जिल्ला निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । प्रत्यक्षतर्फका प्रतिनिधिसभा र प्रदेशसभाको मत परिणाम एक साता भित्रै घोषणा गरि सक्ने लक्ष्य राखेको आयोगले मतगणनामा धाँधली नहोस् भनेर सिसिटिभी राख्न निर्देशन दिएको हो ।
‘सके सम्म मतगणना स्थलमा अप्रिय घटना नहोस् भनेर सिसिटिभी राखेर मतगणना गर्न निर्देशन दिएका छौं,’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने, ‘जति सम्भव हुन्छ, सिसिटिभी राखेर मतगणना गर्नेछौं ।’ यादवले मंसिर २१ गते ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले निर्वाचनका लागि सरकारले सुरक्षाको समेत बलियो बन्दोबस्त गरेको भन्दै ढुक्क भई मतदान गर्न आग्रह गरे । ‘सुरक्षामा अहिले व्यापक सुधार आएको छ, मतदाताका लागि सरकारले भरपर्दो सुरक्षा प्रबन्ध गरेको छ । म सुरक्षाको बलियो व्यवस्थाबारे पूर्ण विश्वस्त छु,’ यादवले भने, ‘त्यसैले ढुक्क भई मतदान गरी निर्वाचन सफल बनाउनुहोस् ।’
नागरिकबाट





























प्रतिक्रिया