उपत्यकामा विप्लव समुहका ४२ नेता कार्यकर्ता पक्राउ

उपत्यकामा विप्लव समुहका ४२ नेता कार्यकर्ता पक्राउ

केन्द्रबिन्दु
0
Shares

एसके बैश्य
काठमाडौँ ,मंसिर १९

निर्वाचन कार्यक्रम सुरु भएयता नेपाल कम्युनिस्ट पार्टी (विप्लव समुह) का ४२ नेता कार्यकर्ता पक्राउ परेका छन् । मंसिर १ गते देखी १८ गते सम्मको अवधीमा उपत्यकाबाट उनीहरु परेका हुन् ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न भई शान्ति सुरक्षामा प्रत्यक्ष रुपमा खलल पुर्याएका ४२ जना मध्ये ३८ जान माथि सार्वजनिक मुद्दा चलाईएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता पुर्णचन्द्र जोेशीले बताए । जोशीका अनुसार प्रत्यक्ष रुपमा निर्वाचन विरोधी गतिविधि गर्दै हिड्ने काठमाडौँबाट ३५ , ललितपुरबाट १ र भक्तपुरबाट ६ जान गरी ४२ जना पारेका हुन् ।

पक्राउ परेका विप्लव माओवादी नेता तथा कार्यकर्तामाथि सोधखोज र अनुसन्धान कार्य भइरहेको जानकारी दिँदै उनीहरूबाट उपत्यकामा हुन सक्ने खतरा प्रतिको संवेदनशीलतामा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको प्रवक्ता जोशीले बताए । देशको विभिन्न स्थानमा भइरहेका बम विस्फोट र उम्मेदवार लक्षित आक्रमणका घटनाप्रति संवेदनशीलता अपनाउँदै सुरक्षा निकायले पछिल्लो समयमा आएर विप्लव माओवादीप्रति कडा निगरानी बढाउन थालेको पाइएको छ ।

Logo