काठमाडौं,१९,मंशिर
दोस्रो चरण अन्तर्गत २१ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै केन्द्र र प्रदेशमा नयाँ जनप्रतिनिधि चुनिँदै छन् । "/>

दुई दिनपछि ५५० प्रदेश सांसद चुनिँदै

दुई दिनपछि ५५० प्रदेश सांसद चुनिँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१९,मंशिर
दोस्रो चरण अन्तर्गत २१ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै केन्द्र र प्रदेशमा नयाँ जनप्रतिनिधि चुनिँदै छन् । मतदान लगत्तै सुरु हुने मतगणनाबाट आउने प्रदेश सांसदका लागि भने प्रदेशसभाको पहिलो बैठक बस्ने स्थल त तय भएको छैन नै सभा आह्वान गर्ने प्रदेश प्रमुख चयन समेत अन्योलमा छ । २१ मंसिरको साँझबाट नै मतगणना सुरु गरिने भएकाले त्यसपछि धमाधम प्रतिनिधि र प्रदेशसभाका सदस्यहरू चुनिनेछन् । निर्वाचन क्षेत्र अनुसार मतगणनाको अन्तिम परिणाम आएसँगै सांसद निर्वाचित हुने भए पनि उनीहरू बस्ने बैठकस्थलको टुंगो छैन ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बानेश्वर स्थित संसद भवनमा नै बस्ने भए पनि सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्दा प्रदेशको अस्थायी राजधानी र प्रदेशसभा सदस्यहरूको बैठकस्थलको टुंगो छैन । संसद सचिवायलका प्रवक्ता भरत गौतमले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक संसद भवनमा नै रहनेगरी तयारी भइरहे पनि प्रदेशसभाको विषयमा मुकाम नतोकिँदा सचिवालय कस्तो बनाउने भन्ने बाहेक अन्य तयारी नगरिएको बताए ।
राजधानीबाट

Logo