काठमाडौं,१९,मंशिर
सशस्त्र द्वन्द्वकालको सबैभन्दा ‘दुभाग्र्यपूर्ण घटना’ का रुपमा परिचित चितवन स्थित बाँदरमुढे घटनालाई लिएर पक्ष र विपक्षमा बहस सुरु भएको छ । चितवन–३ बाट उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पक्षमा सो घटनाका केही पीडितले प्रदर्शन गरे लगत्तै त्यसको अर्को पक्षले भने सो प्रदर्शन प्रलोभनमा पारेर गरिएको भन्दै विरोध जनाएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगले पनि घटना प्रति चासो व्यक्त गरेको छ । यस्तै द्वन्द्वपीडितको साझा सञ्जाल द्वन्द्वपीडित साझा चौतारीले पनि पीडितलाई फकाउन र नतर्साउन अपिल गरेको छ ।
बाँदरमुढे घटनाका केही पीडित पक्षधरले मंसिर १७ गते दाहालका पक्षमा प्रदर्शन गरेका थिए । त्यस लगत्तै बाँदरमुढे घटना पीडित समितिले विज्ञप्ति जारी गरेर असहमति प्रकट गरेको छ । ‘पीडितको ज्यानको सुरक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन बमोजिम दोषी माथि कारबाही र घटनास्थलमा ऐतिहासिक संग्रहालय र घाइते तथा मृतकहरुको परिवारका लागि परिपूरणको व्यवस्था गरियोस्’, अध्यक्ष मुक्तिनाथ न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । घटनाका पीडितलाई अन्याय र दबाबमा पार्दै आएका माओवादी केन्द्रका अध्यक्ष दाहालले मंसिर ८ गते माडी नगरपालिकाको कार्यालयमा घटनाका केही पीडितलाई बोलाई मिलोमतो गरेको आरोप समितिले लगाएको छ । ‘त्यसको जानकारी समितिका पदाधिकारीलाई छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘न्यायमैत्री वातावरण गराउन नसकेका दाहालले चुनावको मुखैमा आमजनतामा भोटका निम्ति केही व्यक्तिलाई प्रलोभनमा पारी गरेको उक्त सहमतिको घोर निन्दा गर्दछौं ।’
नागरिकबाट





























प्रतिक्रिया