काठमाडौं,१९,मंशिर
द्वन्द्वपीडित साझा चौतारीले मानवता विरुद्धको गम्भीर अपराध मानिएको चितवन बाँदरमुढे घटनालाई निर्वाचनको मुखमा मसला बनाइएको भन्दै उक्त विषयमा कुनै सहमति नभएको स्पष्ट पारेका छन् । चुनावका बेला द्वन्द्वपीडितलाई विभिन्न बहानामा फुटाउने र तर्साउने काम गरिएको भन्दै चौतारीले दुःख समेत व्यक्त गरेको छ। द्वन्द्वका बेला तत्कालीन माओवादी विद्रोहीबाट थापिएको धराप विस्फोट हुँदा चितवन माडीको बाँदरमुढेमा यात्रुवाहक बसमा सवार ४३ जना सर्वसाधारणको मृत्यु भएको थियो । त्यहाँका पीडितसँग माओवादी केन्द्रका नेता पुष्पकमल दाहालले गरेको भनिएको सहमति गलत प्रचार मात्र भएको चौतारीले प्रस्ट्याएको छ । साझा चौतारीमा द्वन्द्वकालीन बेला राज्य र माओवादीबाट पीडित दुवै पक्ष आबद्ध छन् ।
‘नयाँ संविधान जारी भएपछि भएको पहिलो आमनिर्वाचनमा मतदान हुन केही समय मात्र बाँकी रहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाँदरमुढे घटनाका पीडितसँग सहमति गरेको भन्ने समाचारले द्वन्द्वपीडित साझा चौतारीको गम्भीर ध्यानाकर्षण भएको छ, चौतारीका अध्यक्ष सुमन अधिकारीद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा बाँदरमुढे घटना पीडित समितिका कुनै पनि पदाधिकारीले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग नभेटेको र कुनै सम्झौता गरेको छैन ।
अन्नपूर्णबाट





























प्रतिक्रिया