काठमाडौं,१९,मंशिर
गृह मन्त्रालयले निर्वाचनका समयमा विभिन्न जिल्लामा भएका हिंसात्मक घटना प्रति भत्र्सना गरेको छ । काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवार गगनकुमार थापाको चुनावी कार्यक्रममा विस्फोट गराई उम्मेदवार, कार्यकर्ता र निर्दोष सर्वसाधारण घाइते हुने गरी गराइएको आपराधिक घटनाको मन्त्रालयले कडा भत्र्सना गरेको छ । मन्त्रालयले त्यस अघि विभिन्न जिल्लामा घटाइएका उम्मेदवार लक्षित विस्फोटका घटनाको पनि भत्र्सना गरेको छ । मन्त्रालयले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । हिजो दिउँसो बूढानीलकण्ठ २ माथिल्लो भंगाल चपलीमा घरदैलो कार्यक्रमका क्रममा थापा माथि विस्फोट भएको थियो ।
मन्त्रालयले सबै सुरक्षा संयन्त्रलाई क्रियाशील गराइरहेको सन्दर्भमा भयरहित वातावरणमा उत्साहजनक रूपमा निर्वाचनमा सहभागी हुन सबैमा अनुरोध गरेको छ । “निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भय रहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय र सम्बद्ध सबै पक्ष क्रियाशील रहेकाले निर्वाचन विरोधी आपराधिक हर्कत नियन्त्रण गरी शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन कानुन बमोजिम कडा कारबाही गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दछौँ”– मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
रासस





























प्रतिक्रिया