न्यूयोर्क, १८ मंसिर । उनी अमेरिकाका चल्तापूर्जा बिजनेसम्यान हुनुकासाथै सेमी प्रोफेसनल मोटर रेसर पनि । ५२ बर्षिय रेसरको नाम अलान विल्जिङ हो । उनले आफ्नी गर्लफ्रेन्डलाई अनौठो गिफ्ट दिएका छन् ।
उनले गर्लफ्रेन्डको डिमान्डमा आफ्नो दुई सय ७५ एकड जमिनमा एक मोटर रेस ट्रयाक बनाए । न्युर्योकमा अवस्थित एक सय पचास बर्ष पुरानो पैत्रिक सम्पत्ति अब हेर्न लायक भएको छ ।
आफैमा अनौठो यो पर्सनल रेस ट्रयाकको लम्बाई करिब १ दशमलव ८५ किलोमिटर छ । यसमा फर्मुला वान रेसको जस्तै ९ तिखो मोड छ, जो प्रोफेसनल रेसिङको लागि बनाइएको हो । एलन यहाँ गर्लफ्रेन्डसँग आफ्नो लक्जरियस कारमा रेस गरिरहेका देखिन्छन् ।
यति धेरै खर्चालु
यो रेस ट्रयाक सन् २०१० मा बनेको हो । यसका लागि ३० लाख डलर खर्च भएको थियो ।
करोडौंको बाइक कार कलेक्सन
यस रेस ट्रयाकको छेउमा एलनले एक मोटो म्यूजियम बनाएका छन्, जहाँ उनले कुल ५० करोड मूल्यको लक्जरियस स्पोर्टस् कार र बाइक राखेका छन् । यो सर्बसाधरणका अवलोकनका लागि हो ।
सात सय २६ मिलियनमा कम्पनी बिक्री
एलनले सन् २००४ मा न्यूजर्सी बैंकको ट्रस्ट कम्पनी ७ सय २६ मिलियन डलरमा बिक्री गरेका थिए । एलन यस कम्पनीको सिइओ थिए ।































प्रतिक्रिया