चितवन, १८, मंसिर

१३ वर्ष अघि सशस्त्र द्वन्द्वको समयमा भएको बाँदरमुढे विस्फोटको विषय सम्झेर माओवादी अध्यक्ष प्रचण्ड भावुक भएका छन् । "/>

बाँदरमुढे घटना जनआन्दोलनकै ठूलो गल्ती :प्रचण्ड

बाँदरमुढे घटना जनआन्दोलनकै ठूलो गल्ती :प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

चितवन, १८, मंसिर

१३ वर्ष अघि सशस्त्र द्वन्द्वको समयमा भएको बाँदरमुढे विस्फोटको विषय सम्झेर माओवादी अध्यक्ष प्रचण्ड भावुक भएका छन् । आफ्नो निर्वाचन क्षेत्र समेत रहेको माडीमा आइतबार भएको सभामा उनले सो घटनामा ठूलो गल्ती भएको बताए । सभामा प्रचण्डले भने, ‘यता बाँदरमुढेमा अकल्पनीय र दुःखद घटना हुँदा म परिवार सहित रोल्पाबाट दाङ झर्दै थिएँ, घटना सुन्ने बित्तिकै मैले ठूलो गल्ती भयो भन्ने महसुस गरेको थिएँ ।’ घटना सुनेको साँझ खाना नखाएको र राति सुत्न पनि नसकेको उनले बताए । ‘अब सबै पुराना कुरा बिर्सेर परिवर्तनमा होमिनुपर्छ,’ प्रचण्डले भने, ‘बाँदरमुढे घटना अब माडी परिवर्तनको केन्द्रबिन्दु भएको छ ।’ माडीलाई सबैखाले विकासको पूर्वाधारयुक्त बनाउने प्रचण्डले बताए । सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले चितवन र माडी क्षेत्रको विकासको सपना प्रचण्डले देखे बमोजिम आफूले पूर्ण सहयोग गर्ने बताए ।

नयाँपत्रिकाबाट

Logo