काठमाडौं,१७,मंशिर
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, ०७४ का क्रममा आचार संहिता प्रतिकूल २५२ सामग्री सम्प्रेषण भएको पाइएको छ । "/>

आचारसंहिता विपरित २५२ सामग्री संचार माध्यममा सम्प्रेषण

आचारसंहिता विपरित २५२ सामग्री संचार माध्यममा सम्प्रेषण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१७,मंशिर
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, ०७४ का क्रममा आचार संहिता प्रतिकूल २५२ सामग्री सम्प्रेषण भएको पाइएको छ । प्रेस काउन्सिल नेपालद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, ०७४ का क्रममा पत्रकार तथा निर्वाचन आचारसंहिता पालनाका सम्बन्धमा गत कात्तिक २६ गते देखि मंसिर १५ गते सम्म गरेको विशेष अनुगमनको प्रारम्भिक प्रतिवेदन अनुसार ती सामग्री सम्प्रेषण भएको पाइएको हो । “पत्रपत्रिका, रेडियो, टिभी र अनलाइन गरी १३० वटा आम सञ्चारमाध्यमबाट यस्ता सामग्री सम्प्रेषण भएको पाइएको छ, जस अनुसार ६२ छापाबाट ९८, ३१ वटा रेडियोबाट ५३, १९ वटा टिभीबाट ४९ र १८ वटा अनलाइनबाट ५२ सामग्री सम्प्रेषण भएका छन्”– काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मौन अवधि शुरू हुनु अघि र मौन अवधि शुरू भई मतदान कार्य सम्पन्न नहुञ्जेल सम्म दुई चरणमा आमसञ्चार माध्यमले सम्प्रेषण गर्ने समाचार तथा समाचार सामग्रीको अनुगमन गरिएको थियो । त्यसक्रममा ती सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारका चुनावी कार्यक्रम प्रचारप्रसार गरेको, प्रत्यक्ष प्रसारण गरेको, निर्वाचन आचारसंहितामा तोकिएको आकार र समय भन्दा बढी आकार र समयमा सःशुल्क जनाउ नदिइ विज्ञापन सम्प्रेषण गरेको पाइएको काउन्सिलले जनाएको छ ।
रासस

Logo