काठमाडौं,१७,मंशिर
वैदेशिक रोजगार विभाग १८ दिन देखि नेतृत्व विहीन भएको छ। कर्मचारीसँगको मिलेमतोमा म्यानपावर कम्पनीसँग १० लाख रुपैयाँ घुस लिएको आरोपमा विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ भए सँगै विभाग नेतृत्व विहीन भएको हो । पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कात्तिक २९ गते बुधबार उनकै निवासबाट पक्राउ गरेपछि विभागले नयाँ महानिर्देशक पाउन सकेको छैन । पाण्डे सरकारी जागिरबाट अवकास पाउन ६ दिन बाँकी रहेकै अवस्थाका पक्राउ भएका थिए । अख्तियारले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।
श्रम तथा रोजगार मन्त्रालयले पाण्डे पक्राउ भएको १५ दिन हुँदा पनि नियमित काम कारबाही गर्न कसैलाई पनि निमित्त महानिर्देशक नदिएको विभागका प्रवक्ता मोहन अधिकारीले बताए। विभागले महानिर्देशक नपाउँदा नियमित काम भए पनि निर्णय गर्ने देखि कार्यन्वयन गर्ने काममा समस्या खडा भएको अधिकारी बताउँछन् । विभाग नेतृत्व विहीन हुँदा पीडित कामदारले दिएको उजुरीका आधारमा काम कारबाही रोक्का गर्नु पर्ने म्यापावर कम्पनीलाई छुट्कारा दिनु परेको उनको भनाइ छ । यसैगरी लामो समय देखि काम कारबाही रोक्का भएका म्यानपावर कम्पनीले पीडितलाई क्षतिपूर्ति दिए पनि उनीहरूको कारबाही फुकुवा गर्ने काम रोकिएको अधिकारीले बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया