काठमाडौं,१६,मंशिर
सरकारले पहिचान गरेका गरिब घरपरिवारलाई परिचयपत्र वितरण कार्यक्रम सुरु गरेको छ । सरकारले विभिन्न पाँच जिल्लाका पाँच वटा गाउँपालिकामा परिचयपत्र वितरण कार्यक्रम सुरु गरेको हो । "/>

गरिब घरपरिवारलाई परिचयपत्र वितरण शुरु

गरिब घरपरिवारलाई परिचयपत्र वितरण शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१६,मंशिर
सरकारले पहिचान गरेका गरिब घरपरिवारलाई परिचयपत्र वितरण कार्यक्रम सुरु गरेको छ । सरकारले विभिन्न पाँच जिल्लाका पाँच वटा गाउँपालिकामा परिचयपत्र वितरण कार्यक्रम सुरु गरेको हो । अहिले परीक्षणको रूपमा गरिब घरपरिवारलाई परिचयपत्र वितरण गर्न लागेको गरिब घरपरिवार सहयोग समन्वय बोर्डले जनाएको छ । बोर्डका निर्देशक रामहरि गैरेले भने, ‘परीक्षणको रूपमा गरिब पहिचान भएका घरपरिवारलाई परिचयपत्र वितरण सुरु भएको छ ।’ तर पुरै मुलुक निर्वाचनमय भएकाले परिचयपत्र वितरण कार्य प्रभावित भएको निर्देशक गैरेले जानकारी दिए । निर्वाचन सकिए लगत्तै परिचयपत्र वितरण कार्य तीव्र रूपमा सञ्चालन हुने उनले बताए । सरकारले परीक्षणको रूपमा सिराहा, सिन्धुली, बागलुङ, कैलाली तथा बाजुरा लगायत जिल्लामा परिचयपत्र वितरण सुरु गरेको हो । ती जिल्लाका लगभग १५ हजार घरपरिवारलाई परिचयपत्र वितरण गर्ने लक्ष्य रहेको बोर्डले जनाएको छ ।
राजधानीबाट

Logo