काठमाडौं,१६,मंशिर
मुलुकको हुलाक सेवाले पुनर्जीवन पाउने भएको छ। विद्यमान शैलीलाई प्रतिस्थापन गर्दै हुलाक सेवा विभाग प्राधिकरणमा परिणत हुने भएको छ। सूचना तथा सञ्चारको क्षेत्रमा नयाँ प्रविधि र तरिका भित्रिएसँगै कामविहीनको अवस्थामा पुगेको हुलाक सेवालाई नयाँ संरचना र ढाँचामा अगाडि बढाउन सूचना तथा सञ्चार मन्त्रालयले आन्तरिक तयारी थालेको छ।तत्कालीन अवस्थामा चिठी–पत्र लगायत सूचना आदानप्रदानका लागि निकै प्रभावकारी भूमिका खेलेको हुलाक सेवालाई नयाँ काम, कर्तव्य र अधिकार रहने गरी प्रशासनिक संरचनामा परिवर्तन गर्न लागिएको हो।
हुलाक सेवा विभागलाई प्राधिकरणको ढाँचामा लैजाने तयारी मन्त्रालयले गरेको हो । हुलाक सेवा विभागलाई समयक्रम अनुसार परिमार्जन गर्दै दु्रत डाँक सेवा, ई–कमर्सका रूपमा अगाडि बढाउन लागिएको हुलाक सेवा विभागका निमित्त महानिर्देशक राजन पौडेलले बताए । ‘समयक्रम अनुसार सेवा प्रवाह गर्ने संघ संस्थाले आफूलाई चलायमान गर्दै लग्नु पर्ने रहेछ। नभए अस्तित्व नै संकटमा पर्ने खतरा बढेर जाने देखिन्छ।’ –पौडेलले भने । विभागलाई प्राधिकरणमा लैजाँदा यसको कार्यक्षेत्रमा व्यापक परिवर्तन हुन लागेको छ। दु्रत हुलाक सेवा र ई–कमर्सको अवधारणामा काम गर्ने गरी प्राधिकरणले सेवा दिनेछ । द्रुत हुलाक सेवाले वस्तु तथा विनिमयको व्यापार गर्नेछ । सो विषयमा विभागले वस्तुको आदानप्रदान कसरी र कुन मात्रामा अघि बढाउन सकिन्छ भनेर प्रारम्भिक रूपमा अध्यययन गरिरहेको छ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया