यो कोलकाताको बदनाम गल्ली हो । "/>

यो नर्क हो, जहाँ युवतीको यस्तो बेहाल हुन्छ

यो नर्क हो, जहाँ युवतीको यस्तो बेहाल हुन्छ

केन्द्रबिन्दु
0
Shares

कोलकाता, १५ मंसिर । भारतमा यस्तो पनि ठाउँ छ जो नर्क भन्दा कम छैन । त्यहाँ नारकीय जीवन भोग्नुपर्छ । त्यस्तै ठाउँमध्येको एक हो कोलकाताको सोनागाछी ।


यो कोलकाताको बदनाम गल्ली हो । त्यस गल्लीको बारेमा मान्छेहरु कुरा गर्न पनि हच्किन्छन् । त्यस्तो गल्लीमा भविष्य खोज्नेहरुको के हाल होला ? आफै अनुमान गर्नुहोस् ।


वास्तवमा यो यौन ब्यवशायको एशियाकै ठूलो मार्केट पनि हो । अर्थात् रेड लाइट एरिया । यो एरियार वेश्यावृत्तिका लागि बदनाम छ । भनिन्छ, त्यहाँ १५ हजार यौनकर्मी महिला दुखदायी जीवन विताइरहेका छन् ।


रिपोर्ट अनुसार उनीहरुले एउटा ग्राहकलाई सन्तुष्ट बनाए वापत २ सय रुपैंया प्राप्त गर्छन् । यति पैसाले उनीहरुको जीवन गुजारा चलाउनुपर्छ । तर, मजबुरी वा लाचरीले गर्दा हजारौं महिलाहरु यो दलदलमा फसेका छन् । उनीहरु यौन रोगको सिकार पनि त्यत्तिकै भएका छन् । कति एचआइभी पोजेटिभ संक्रमित पनि छन् ।


त्यहाँ हरेक बर्ष करिब एक हजार महिला यौनकर्मीको रुपमा काम गर्न पुग्छन् । उनीहरु साँघुरो कोठामा बस्छन् । उनीहरुको जीवन त्यही अध्याँरो र साँघुरो कोठामा वित्ने गर्छ ।

Logo