काठमाडौं,१५, मंशिर
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लगत्तै मुलुकले ८८४ जना सांसद पाउनेछ । प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचन १० मंसिरमा भएको थियो भने दोस्रो चरण निर्वाचन मंसिर २१ मा हुँदैछ । "/>

निर्वाचन पछि देशले ८८४ जना सांसद पाउने

निर्वाचन पछि देशले ८८४ जना सांसद पाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,१५, मंशिर
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लगत्तै मुलुकले ८८४ जना सांसद पाउनेछ । प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचन १० मंसिरमा भएको थियो भने दोस्रो चरण निर्वाचन मंसिर २१ मा हुँदैछ । यी दुवै चरणबाट निर्वाचित हुने ८२५ जना र राष्ट्रिय सभामा निर्वाचित हुने ५९ जना गरी सांसदको जम्मा संख्या ८८४ पुग्नेछ ।

संविधानको धारा ८३ मा व्यवस्था भए बमोजिम प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदन सहितको संघीय व्यवस्थापिका रहने र यसलाई संघीय संसद भनिनेछ । यो संसदमा प्रतिनिधिसभामा प्रत्यक्षबाट १६५ र समानुपातिकबाट ११० गरी २७५ सांसद रहनेछन् भने राष्ट्रियसभामा ५९ सदस्य रहनेछन् । संघीय संसदमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी कुल ३३४ जना सांसद रहनेछन् । संविधानमा प्रतिनिधि सभाका सदस्यबाट मात्रै प्रधानमन्त्री छानिने प्रावधान छ । संविधानको धारा ७६ अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद गठन गर्ने व्यवस्था छ ।
अन्नपूर्णबाट

Logo