उदयपुर,१५, मंशिर

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार नारायण कार्कीलाई अस्ती बिहान एम्बुस पड्काउने समूहमा संलग्न भएको आरोपमा प्रहरीले बिहीबार एक जनालाई नियन्त्रणमा लिएको छ । "/>

उदयपुरमा एम्बुस थाप्ने योजनाकार पक्राउ

उदयपुरमा एम्बुस थाप्ने योजनाकार पक्राउ

केन्द्रबिन्दु
0
Shares

उदयपुर,१५, मंशिर

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार नारायण कार्कीलाई अस्ती बिहान एम्बुस पड्काउने समूहमा संलग्न भएको आरोपमा प्रहरीले बिहीबार एक जनालाई नियन्त्रणमा लिएको छ । एम्बुस थाप्ने मुख्य योजनाकार भएको आरोपमा त्रियुगा नगरपालिका ७ शाहीखोलाका बलबहादुर मगर पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले मगर सहितको समूहले प्रयोग गरेको मोटरसाईकल समेत नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी प्रमुख एसपी नवराज भट्टले मगरलाई नियन्त्रणमा लिएपछि अन्य संलग्नको पनि पहिचान हुने अनुमान गरिएको बताएका छन् । बुधबार विहान उदयपयुरगढी गाउँपालिका ६ दनुवारबेंसीमा एम्बुस पड्कदा कार्की सहित ७ जना घाईते भएका थिए । घट्ना लगत्तै अपराधीको खोजी कार्य तिब्र पारेको प्रहरीले २४ घण्टा भित्रै मगरलाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ ।   नागरिकबाट

Logo