काठमाडौं, १४, मंशिर
निर्वाचन आयोगले दुवै चरणमा हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको परिणाम एक साता भित्रै सार्वजनिक गर्ने जनाएको छ । "/>

प्रत्यक्षतर्फको नतिजा एक साता भित्रै सार्वजनिक गर्ने आयोगको तयारी

प्रत्यक्षतर्फको नतिजा एक साता भित्रै सार्वजनिक गर्ने आयोगको तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १४, मंशिर
निर्वाचन आयोगले दुवै चरणमा हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको परिणाम एक साता भित्रै सार्वजनिक गर्ने जनाएको छ । आयोग प्रवक्ता नवराज ढकालले प्रत्यक्षतर्फको परिणाम साता भित्रै सार्वजनिक गर्न आवश्यक गृहकार्य थालिएको जानकारी दिए । ‘त्यसका लागि जनशक्तिको व्यवस्था गरिसकेका छौं, ढकालले भने । यसैगरी प्रदेशसभाको प्रत्यक्षतर्फको परिणाम पनि साता भित्रै ल्याउने आयोगको तयारी छ ।
स्थानीय निर्वाचनमा मतपरिणाम आउन हप्तौं लाग्दा सर्वसाधारण देखि लिएर दलका नेता कार्यकर्ता समेत आयोग प्रति रुष्ट बनेका थिए । आयोगले स्थानीय निर्वाचनबाट पाठ सिकेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम जतिसक्दो चाँडै ल्याउने गरी गृहकार्य थालेको हो । आयोग प्रवक्ता ढकालका अनुसार २१ गते दोस्रो चरण निर्वाचन सकिए लगत्तै पाँच बजे बाटै पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको मतगणना एकैपटक सुरु गरिनेछ । २१ गते मतदान भएर मतपेटिका विभिन्न स्थानबाट प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा आए लगत्तै दोस्रो चरणको गणना पनि थालिने उनले बताए । एकै पटक गणना थालेर साता भित्रै नतिजा सार्वजनिक गर्नेछौं, उनले भने ।
अन्नपूर्णबाट

 

Logo