सल्लेरी, मङ्सिर, १२
सोलुखुम्बुको अलैँची पकेट क्षेत्र गुँदेलमा अलैँचीको मूल्य गत वर्षको तुलना यस वर्ष घट्दा कृषक मारमा परेका छन् । "/>

सोलुखुम्बुमा अलैँचीको भाउ अहिले सम्मकै कम

सोलुखुम्बुमा अलैँचीको भाउ अहिले सम्मकै कम

केन्द्रबिन्दु
0
Shares

सल्लेरी, मङ्सिर, १२
सोलुखुम्बुको अलैँची पकेट क्षेत्र गुँदेलमा अलैँचीको मूल्य गत वर्षको तुलना यस वर्ष घट्दा कृषक मारमा परेका छन् । गत वर्षको तुलनामा उत्पादन बढे पनि आम्दानी घटेको कृषकले बताएका छन् ।  स्थानीय बजारमा गतवर्ष प्रतिमन (४० किलो) ६० हजारले कारोबार भइरहेको अलैँची यस वर्ष ५८ प्रतिशतले गिरावट भई प्रतिमन २५ हजारमा मात्र कारोबार भइरहेको गुँदेलका स्थानीय व्यापारी सिङकेराम राईले बताए । राईका अनुसार गत वर्ष गुँदेल गाविसमा छ करोड बराबरको अलैंची उत्पादन भएको थियो तर यसवर्ष करिब साँढे तीन करोड बराबरको मात्र उत्पादन भएको छ ।
गतवर्ष महाकुलुङ–५, गुँदेलका धनगञ्ज राईले ६ मन उत्पादन गरेर बेच्दा ३ लाख ६० हजार आम्दानी भएको थियो । यसवर्ष गत वर्षको तुलनामा उत्पादन बढ्यो तर आम्दानी भने घटेको छ । यस वर्ष राईले साँढे सात मन बेच्दा एक लाख ८२ हजार पाँच सय मात्र आम्दानी भएको छ । राई भन्छन् , खै यसपाली त धेरै फल्यो तर गतवर्षको तुलना थोरै मात्र आम्दानी भयो । महाकुलुङ–४, गुँदेलका कृषक छलकराम राईका अनुसार यसवर्ष मूल्य घटेपछि व्यापारी पनि चुपचाप बसेका छन् । गत वर्षसम्म बजार राम्रो भएकोले व्यापारीले समयमा नै सङ्कलन गरेको भए पनि यसवर्ष उनीहरूको उत्साह पनि घटेको छ ।
गोरखापत्रबाट

Logo