छक्कापञ्जा युनिटको प्रतिवादमा ऋचा शर्माको नयाँ भनाई

छक्कापञ्जा युनिटको प्रतिवादमा ऋचा शर्माको नयाँ भनाई


काठमाडौं, ११ मंसिर । एक फिल्म महोत्सवमा अभिनेत्री ऋचा शर्माले चलचित्र छक्का पञ्जाको विषयमा गरेको टिप्पणी प्रति सोही चलचित्रका कलाकारहरु एक खेमामा बसेर शर्माको प्रतिवादमा उत्रिएपछि त्यसलाई अभिनेत्री शर्माले समाजिक संजालमा आफ्नो पछिल्लो स्ट्याटस मार्फत् गतिलो जवाफ फर्काएकी छिन् ।

एकादेश सर्ट फिल्म फेस्टिभलमा एक दर्शकले नेपाली चलचित्रमा महिला कलाकारको भुमिकाको बिषयमा राखेको प्रश्नको उत्तर दिने क्रममा अभिनेत्री ऋचाले चलचित्र छक्का पञ्जाको कथालाई कोट्याएकी थिईन् । उनले छक्का पञ्जामा महिला कलाकारलाई बारम्बार थप्पड हान्न पाए मात्र विवाह गर्छु भनेर पुरुष कलाकारले बारम्बार थप्पड हान्दा दर्शकले तालि बजाए पनि आफुले बजाउन नसकेको बताईन् । अरु सबै दर्शक हाँसिरहदाँ आफु भनें हाँस्न नसक्दाको त्यो क्षणले आत्मग्लानी भएको उनले अनुभव सुनाएकी थिईन् । दर्शकले त्यो दृष्य रुचाएपनि कमेडी चलचित्रमा त्यसप्रकारको महिला हिंसा राखिनुलाई आपत्ति ठानेको बताएकि थिइन् । तर त्यसलाई बंग्याएर दर्शकलाई ऋचाले मुर्ख ठानेको भन्दै स्टाटस लेखिएपछि त्यसको जवाफ उनले स्टाटस मार्फत नै राखेकी थिइन् ।

चलचित्र हेरेर तालि बजाउने दर्शकलाई एक नायिकाले मुर्ख भन्नु भएछ । तपाईले मुर्ख भनेकै कारण तपाईको चलचित्रले दर्शक नपाएकोे होला हैं भन्दै । गेट वेल सुन (शिघ्र स्वास्थ लाभ मिलोस्) को कामना सहित अभिनेता दिपकराज गिरीले स्टाटस राखेपछि त्यसलाई चलचित्र निर्देशक दिपाश्री निरौला, सोही चलचित्रका अभिनेत्री प्रियंका कार्की, वर्षा राउत लगायतले सेयर गरेका थिए । प्रियंकाका प्रेमी आयुश्मान देशराज श्रेष्ठले पनि उक्त स्टाटस कपि गरेर आफ्नो वालमा राखेका थिए ।

ऋचाले पछिल्लो पटक आफ्नो भनाईलाई बल दिदैं फेसबुक मार्फत् लामो स्ट्याटस लेखेकी छिन् । जसमा उनले आफुले भनेको कुरामा आफु अडीग रहेको बताएकी छिन् । अहिले ऋचाको पक्षमा र छक्कापञ्जा चलचित्रका कलाकारहरु विच पनि विभिन्न भनाईहरु समाजिक संजालमा पोष्टिङ भैरहेको छ । यो वाहेक यो विवादमा नेपाली रंगपत्रकारहरुले पनि आ–आफ्नो भनाईहरु राख्न थालेका छन् ।

 

Logo