धादिङ,११,मंशिर

धादिङको रुवीभ्याली गाउँपालिका–२ दोङदेङदेवी मावि मतदान केन्द्रमा दलहरुले भोट बाँडेर लिएका छन् । "/>

धादिङको दुर्गमका केन्द्रमा भोट बाँडफाँड

धादिङको दुर्गमका केन्द्रमा भोट बाँडफाँड

केन्द्रबिन्दु
0
Shares

धादिङ,११,मंशिर

धादिङको रुवीभ्याली गाउँपालिका–२ दोङदेङदेवी मावि मतदान केन्द्रमा दलहरुले भोट बाँडेर लिएका छन् । प्रतिस्पर्धामा रहेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले भोट बाँडेर लिएका हुन् । श्रोतका अनुसार मतदान केन्द्रमा बुथ प्रतिनिधि राख्ने विषयमा कुरा नमिलेपछि दुबै गठबन्धनका उम्मेदवार स्थानीय तहको निर्वाचनलाई आधार बनाएर भोट बाँड्न सहमत भएका हुन् । भोट बाँडफाँड भएको यो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा काँग्रेसका दिलमान पाख्रिन र वाम गठबन्धनबाट एमालेका खेम लोहनी प्रतिस्पर्धामा छन् । प्रदेशसभा तर्फ बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका जगत सिंखडा र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका डम्बर तामाङ प्रतिस्पर्धामा छन् ।

जम्मा ७ सय ३८ मतदाता रहेको उक्त केन्द्रमा ७ सय ३० मत खसेको छ । सडक संजालले नपुगेको यो क्षेत्र प्रतिनिधि सभा क्षेत्र नं २ को प्रदेश सभा २ मा पर्छ । दुर्गमको केन्द्रमा ९८ प्रतिशत मत खस्नुले गठबन्धनहरु वीच मिलेमतो भएको दलका नेताहरुको नै पुस्ट्याइ छ । गठबन्धनहरु बीच मत बाँडफाँड भएपनि कसले कति मत बाँडे भन्ने विषय भने गोप्य राखेका छन् । स्रोतका अनुसार स्थानीय तहमा त्यहाँका राजनैतिक दलहरुले प्राप्त गरेको मतका आधारमा लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनले मत प्रतिशतमा बाँडेका छन् ।
नागरिकबाट

Logo