काठमाडौं,मंसिर, १०
पहिलो चरण अन्र्तगत आज ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट ८ लाख मानिस बाहिरिएका छन् । "/>

भोट हाल्न काठमाडौंबाट आठ लाख मतदाता जिल्ला तिर

भोट हाल्न काठमाडौंबाट आठ लाख मतदाता जिल्ला तिर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,मंसिर, १०
पहिलो चरण अन्र्तगत आज ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट ८ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार दुई साता देखि बाहिरिने क्रम बढेको छ । ‘हिमाली र उच्च पहाडी ३२ जिल्लामा हुने निर्वाचनमा मतदान गर्न दुई हप्ता देखि जिल्ला फर्किनेहरुको क्रम बढेको छ, करिब ८ लाख त फर्किसके,’ उनले भने । विकट जिल्लाहरूमा पुग्न लामो समय लाग्ने भएकाले पनि मतदान हुनु भन्दा धेरै पहिले देखि नै जाने क्रम बढेको यातायात व्यवसायीहरूको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो हप्ता (आइतबार देखि शनिबार बेलुकी सम्ममा) ३ लाख मानिस बाहिरिएका छन् । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीका अनुसार पछिल्ला २–३ दिन देखि काठमाडौंबाट बाहिरिने टाढा पुग्ने मतदाता नभई नजिकका जिल्ला जानेहरू हुन् । विशेषगरी दोलखा, सिन्धुपाल्चोक, रामेछाप, गोरखा, रसुवा, धादिङ, नुवाकोटका मतदाता एक दिनमै पुग्ने भएकाले अन्तिम समयमा गएको उनको भनाइ छ । यसैवीच पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा शनिबार राति १२ बजे देखि सार्वजनिक यातायात बन्द गरिएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । आइतबार राति १२ बजे सम्म यातायात बन्द रहनेछ । अत्यावश्यक सेवा, एम्बुलेन्स लगायत निर्वाचन आयोगबाट सवारी पास लिएका सवारीसाधनलाई भने आवातजावत गर्न दिइने महाशाखा प्रवक्ता मरासिनीले बताए ।
नयाँपत्रिकाबाट

Logo