उदयपुर, मंसिर, ९
केन्द्रविन्दु समाचारदाता

चुनावी प्रचार अभियानरत बाम गठबन्धनका उम्मेदवारको कार्यक्रमलाई लक्षित गरेर शुक्रबार साँझ अज्ञात समूहले बम विष्फोट गराएपछि उदयपुरमा सुरक्षा सतर्कता बढाइएको छ । "/>

बम विष्फोटपछि उदयपुरमा सुरक्षा सतर्कता बढाइयो

बम विष्फोटपछि उदयपुरमा सुरक्षा सतर्कता बढाइयो

केन्द्रबिन्दु
0
Shares

उदयपुर, मंसिर, ९
केन्द्रविन्दु समाचारदाता

चुनावी प्रचार अभियानरत बाम गठबन्धनका उम्मेदवारको कार्यक्रमलाई लक्षित गरेर शुक्रबार साँझ अज्ञात समूहले बम विष्फोट गराएपछि उदयपुरमा सुरक्षा सतर्कता बढाइएको छ । प्रतिनिधिसभा २ का उम्मेदवार माओबादी केन्द्रका स्थायी समिति सदस्य सुरेशकुमार राई हिमाल र प्रदेशसभा २ (१) का उम्मेदवार माकेकै नारायण बुर्जामगरको कार्यक्रमस्थल आसपास विष्फोट भएपछि त्यसभेग र समग्र जिल्लामा सुरक्षा सतर्कता बढाइएको हो । उदयपुरगढी गाउँपालिका ७ को नेपालटारमा आयोजित गठबन्धनको कार्यक्रम सकेर उम्मेदवार सहितको प्रचार टोली अर्को कार्यक्रम स्थल भलायडाँडाको नरेटार जाने क्रममा स्थानीय पौवा खोलामा विष्फोट भएको थियो । विष्फोटबाट कुनै क्षति नभए पनि सुरक्षा खतरा बढेको ठहर गर्दै बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रतिनिधिसभा २ का उम्मेदवार हिमालले आफू सहितको प्रचार टोली अर्को कार्यक्रमस्थल नरेटार जाने क्रममा ठूलो आवाजका साथ विष्फोट भएको भए पनि कुनै क्षति नपुगेको बताए । उनीसँगै रहेका प्रदेशसभा उम्मेदवार मगरले नरेटार जाँदै गरेको टोली भन्दा ५० मिटर अगाडि विष्फोट भएको बताए । विष्फोट गराएपछि टोली केहीबेर रोकिएर अघि बढेको थियो।

Logo