काठमाडौं , ९ मंसिर
काठमाडौं महानगरपालिकाले थप केही स्थानमा आकाशे पुल निर्माण गर्ने तयारी गरेको छ । हालः काठमाडौँ उपत्यकामा १० वटा आकाशे पुल रहेको छ । केही समय अघि कलंकी चोक र कमलपोखरीमा रहेको पुल भत्काएपछि हाल दस वटा मात्र सञ्चालनमा रहेको हो । ती मध्ये रत्नपार्क, वीरअस्पताल अगाडि र भृकुटीमण्ड लगायत स्थानमा रहेको पुल जीर्ण भइसकेका छन् । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नयाँ आकाशे पुलको निर्माण र पुरानाको मर्मतसम्भारको काम अबको केही समयमा नै सुरु गर्ने बताउँदै चाबहिल र नयाँ बानेश्वर चोकमा नयाँ आकाशे पुल बनाउने तयारीका साथ कामपाले प्राविधिक सहितको टोली समेत गठन गरिसकेको बताए । नागरिकको अत्याधिक चाप हुने र आवश्यकता पनि भएको यी स्थानमा पहिले पनि निर्माणको लागि प्रस्ताव भइसकेको थियो ।
नयाँ पुल निर्माणको कामसँगै कामपाले जीर्ण अवस्थामा रहेका पुराना आकाशे पुल मर्मतको काम पनि गर्ने छ, प्रमुख शाक्यले भने, एक वर्ष अघि नै महानगरपालिकाले विभिन्न स्थानमा पुल निर्माणका लागि पाँच करोड बजेट विनियोजन गरिसकेको थियो, अब जनप्रतिनिधिले उक्त कार्य पूरा गर्ने छन्। मानिसको अत्याधिक चाप रहने स्थान नयाँबानेश्वर, चाबहिल, कोटेश्वर चोक र काठमाडौँ जिल्ला अदालत अगाडि आकाशे पुलको आवश्यकता देखिएको छ ।





























प्रतिक्रिया