जाजरकोट , ९ मंसिर
जाजरकोटको कुशे गाउँपालिका वडा १ का अध्यक्ष गोपाल नेपाली नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नियन्त्रणमा परेका छन् । पाँच, छ जनाको समूहले राति २ बजे वडा नम्बर १ स्याग्री भन्ने ठाउँमा मतदातालार्इ पैसा बाँडेको आरोपमा अपहरण गरेको नेपाल कम्युनिस्ट पार्टीको जिल्ला इन्चार्ज हरिचन्द्र जैसी अनुकुलले जानकारी दिए ।
तर प्रहरीले वडा अध्यक्ष अपहरण परेको जानकारी नभएको बताएको छ । डिएसपी भावेश रिमालले अपहरण परेको हल्ला आएपनि यथार्थ बुझ्न स्थानीय प्रहरीलाई निर्देशन दिइएको जानकारी दिए । नेपाली नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन्।





























प्रतिक्रिया