काठमाडौं ,९,मंशिर
बृहत् प्रकृतिका ठूला जलाशययुक्त जलविद्युत् आयोजना राज्यको लगानीमा निर्माण हुनु पर्ने आवाज उठिरहेका बेला सरकारले १२ सय मेगावाटको बूढीगण्डकी (जलाशययुक्त) आयोजना स्वदेशी स्रोतबाट निर्माण गर्ने निर्णय गरेको छ। "/>

१२ सय मेगावाटको बूढीगण्डकी आयोजना स्वदेशी लगानीमै बन्ने

१२ सय मेगावाटको बूढीगण्डकी आयोजना स्वदेशी लगानीमै बन्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ,९,मंशिर
बृहत् प्रकृतिका ठूला जलाशययुक्त जलविद्युत् आयोजना राज्यको लगानीमा निर्माण हुनु पर्ने आवाज उठिरहेका बेला सरकारले १२ सय मेगावाटको बूढीगण्डकी (जलाशययुक्त) आयोजना स्वदेशी स्रोतबाट निर्माण गर्ने निर्णय गरेको छ। यति ठूलो आयोजना स्वदेशी लगानीबाट सम्पन्न गर्ने निर्णय भएको पहिलो पटक हो। सम्पूर्ण अध्ययन पूरा भई लगानीको बन्दोबस्ती हुना साथ निर्माण सुरु गर्न मिल्ने बूढीगण्डकी एक मात्र आयोजना हो। आगामी आठ वर्ष भित्र यो आयोजना पूरा गर्ने गरी शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो। आयोजनाको अनुमानित लागत दुई खर्ब ५९ अर्ब रुपैयाँ छ।
मन्त्रिपरिषद बैठकले ‘राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको बूढीगण्डकी जलाययुक्त आयोजना स्वदेशी लगानी र प्रविधि उपयोग गरी विकास निर्माण गराउने’ निर्णय गरेको उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापाले बताए । ‘बूढीगण्डकीका विषयमा जे जति प्रचार भए ती सबै गलत सावित भएको छ, ’ उपप्रधानमन्त्री थापाले शुक्रबार मन्त्रालयमा भने, ‘अब यो आयोजना स्वदेशी लगानीमै बन्छ, यसका सबै संशय दूर भएका छन्।’ गत कात्तिक २७ गते मन्त्रिपरिषद्ले चीनको गुजुवा ग्रुप कम्पनी र ऊर्जा मन्त्रालय बीच भएको बूढीगण्डकी निर्माण सम्बन्धी समझदारी खारेज गरेपछि मुख्य विपक्षी एमाले तथा गठबन्धनका नेताहरुले यो आयोजना भारतीय कम्पनीलाई दिनका लागि खारेज गरिएको आरोप लगाउँदै आएका थिए। केही भारतीय सञ्चार माध्यममा समेत ‘समझदारी खारेज भएपछि बूढीगण्डकी आयोजना अब भारतीय कम्पनीले पाउने’ भन्दै समाचार प्रकाशन गरेका थिए।
अन्नपूर्णबाट

Logo