ताईपेई, ८ मंसिर । इन्टरनेटमा अहिले एक ताइवानकी नर्सले उधुम मच्याइरहेकी छिन् । ताइपेईको एक क्लिनिकमा काम गर्ने केरिना लिन अहिले आफ्नो सेल्फीको कारण चर्चामा छिन् । २५ बर्षिय लिनले आफ्नो इन्टाग्राममा केहि तस्विरहरु अपलोड गरेकी छिन् । भनिन्छ, उनको सुन्दरता देखेर उनले काम गर्ने क्लिनिकमा केटाहरुको लाइन लाग्न थालेको छ ।
लिन ताइवानको एक क्लिनिकमा काम गर्छिन् । उनले पिंक ड्रेसमा आफ्नो केहि तस्विर सार्वजनिक गरेकी थिइन् । उनको यो फोटो सोसल मिडियामा यति धेरै भाइरल भयो कि, त्यसलाई देखेर उनको फलोअर्स ह्वात्तै बढ्यो । त्यसपछि उनले थप ग्ल्यामर तस्विर पोस्ट गरिन् । त्यही तस्विरको कारण उनलाई हेर्ने ताँती लागेको छ । उनका फलोअर्सले उनलाई हर्ट नर्सको उपमा दिएका छन् । एजेन्सी





























प्रतिक्रिया