काठमाडौं,७,मंशिर
सर्वोच्च अदालतले पूर्वगृहसचिव पदमप्रसाद पोखरेल सहित भ्रष्टाचारसँग जोडिएका १० वटा मुद्दामा सुनुवाइका लागि अघिल्लो साताको आइतबार पेसी तोके पनि ‘हेर्न नभ्याइनेु को सूचीमा परे। न्यायाधीश शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलासमा भ्रष्टाचारका मुद्दा पेसीमा चढाइएको थियो।
०६० सालमा भ्रष्टाचार मुद्दा चलाइएका पोखरेलले ०६९ चैत देखि सर्वोच्चमा तारिख खेपिरहेका छन् । पाँच वर्ष देखि मुद्दाको पालो कुरेर बसेका पोखरेल त्यसदिन पनि यत्तिकै फर्किए। अर्का पूर्वसहसचिव वामदेवदीप अधिकारी पनि ०६६ साल देखि सर्वोच्चमा धाइरहेका छन्। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश फेरिएसँगै भ्रष्टाचारका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए पनि व्यावहारिक रूपमा भने प्रतिफल हात लाग्न सकेको छैन। अझै पनि १० वर्ष पुराना भ्रष्टाचारका मुद्दा सर्वोच्चमा पुगेर अड्किएका छन् ।पूर्वप्रधानन्यायाधीशहरूले झैं अहिलेका प्रधानन्यायाधीश गोपाल पराजुलीले पनि पदबहाली हुने दिन सार्वजनिक गरेको ३९ बुँदे प्रतिबद्धतापत्रमा भ्रष्टाचारका मुद्दालाई प्राथमिकता दिने प्रतिबद्धता थियो। सर्वोच्चको मुद्दा महाशाखाका अनुसार हाल सर्वोच्चमा पाँच सय ८८ थान भ्रष्टाचारका मुद्दा थाती छन् । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र, घुस, अकुत सम्पत्ति आर्जन, सार्वजनिक संस्थालाई हानि–नोक्सानी र अनुचित कार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वर्षौं अघि चलाएका भ्रष्टाचारका मुद्दा न्यायालयमा पुगेर चाङ लागेका हुन् । यता आरोपित व्यक्ति निर्णयको पर्खाइमा वर्षौं देखि सर्वोच्चमा तारिख धाइरहेका छन्।
अन्नपूर्णबाट





























प्रतिक्रिया