काठमाडौं,७,मंशिर
प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले निराधार हल्ला फिँजाएको भन्दै आश्चर्य व्यक्त गरेका छन्। "/>

चुनावको विषयमा केपी ओलीले निराधार हल्ला फिँजाए :देउवा

चुनावको विषयमा केपी ओलीले निराधार हल्ला फिँजाए :देउवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,७,मंशिर
प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले निराधार हल्ला फिँजाएको भन्दै आश्चर्य व्यक्त गरेका छन्। सरकार निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न लागिपरेको अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन सर्ने’ हल्ला फिँजाएको उनको दाबी थियो। ‘सरकार स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न लाग्या लाग्यै छ। तोकिएको मितिमा निर्वाचन सम्पन्न हुनेमा कुनै शंका नलिए हुन्छ,’ बुधबार नेपाल पत्रकार महासंघका पदाधिकारीसँग भेटका क्रममा प्रधानमन्त्री देउवाले भने, ‘अझै पनि ओलीजीले (एमाले अध्यक्ष) चुनाव सर्दै छ भनेर हल्ला चलाउनु भएको छ। पर्सी चुनाव आइराख्या छ। उहाँले के भनिराख्नुभा हो मैले बुझ्न सकेको छैन।’
देउवाले चुनावका लागि सरकारका तर्फबाट सबै तयारी पूरा भइसकेको बताउँदै कुनै हालतमा नसर्ने सन्देश प्रवाह गरिदिन महासंघका पदाधिकारीको ध्यानाकर्षण समेत गराए। उनले कटाक्ष गर्दै भने, ‘भोट हाल्न लाइनमा बसिसकेपछि पनि ओलीजीले चुनाव सर्छ भन्न बेर छैन।’ जिम्मेवार नेताबाटै अनावश्यक हल्ला फैलाउने कार्य भएको गुनासो समेत देउवाको थियो। उनले चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोगका लागि पत्रकारसँग आग्रह समेत गरे। महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा गएको टोलीले बिनापुर्जी कार्यक्षेत्रबाटै आठजना पत्रकारलाई पक्राउ गरी थुनेको भन्दै तत्काल रिहाइको माग गरेको छ।
अन्नपूर्णबाट

Logo