दार्चुला,६,मंशिर
निर्वाचन आयोगले निर्वाचन आचार संहितामा कडाइ गरेको प्रतिक्रिया दिइरहँदा सुदूरपश्चिमका जिल्लामा राजनीतिक दल र तिनका उम्मेदवारले आचार संहिताको धज्जी उडाउँदै प्रचारमा खुलेआम बालबालिकाको प्रयोग गरिरहेका छन् । आगामी २१ मंसिरमा निर्वाचन हुँदै गरेको अछाम तथा १० मंसिरमा हुने बैतडी र दार्चुला जिल्लामा दलहरूले बालबालिकालाई विद्यालय पोसाकमै प्रचारमा प्रयोग गरिरहेका छन् । तर निर्वाचन आयोग भने टुलुटुलु हेरेर बसेको छ ।
दलका नाराजुलुस र सभामा उम्मेदवार र नेताहरू एकअर्कालाई गाली सहित मतदाता तान्न चर्का भाषण ठोकिरहेका छन् । नेताको भाषण अघि र पछि बालबालिका चर्को स्वरमा दमाहा बजाएर सभा र घरदैलोमा रौनकता दिइरहेका छन् । वाम गठबन्धन र लोकतान्त्रिक दुवै पक्षका सभा, सम्मेलन, ¥याली र नाराजुलुसमा आधा बढी बालबालिका नै हुन्छन् । दलहरूले निर्वाचन आचार संहिता विपरीत प्रचारमा बालबालिकाको प्रयोग गरेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । पार्टीको चिह्न अंकित टी–सर्ट, टोपी, प्रचार पम्पलेट, भित्तेलेखन र वाल पेन्टिङ गरेर आचार संहिता मिच्दै आएका दलहरूले यसपटक भने विद्यालय पोसाक सहितका बालबालिकाको प्रयोग गरेर आचार संहिताको खिल्ली उडाएका छन् ।
राजधानीबाट





























प्रतिक्रिया