विराटनगर ,६,मंशिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले इटहरी उपमहानगपालिकाका केहि कागजपत्र नियन्त्रणमा लिएको छ । "/>

इटहरी उपमहानगरका फाइल अख्तियारको कब्जामा

इटहरी उपमहानगरका फाइल अख्तियारको कब्जामा

केन्द्रबिन्दु
0
Shares

विराटनगर ,६,मंशिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले इटहरी उपमहानगपालिकाका केहि कागजपत्र नियन्त्रणमा लिएको छ । आर्थिक अनियमितता भएको लिखित उजुरीको आधारमा मंगलवार दिउँसो १ बजे शाखा अधिकृत विष्णु थेगुवाको नेतृत्वमा पुगेको टोलीले निवेदन उपर परेका कागजात नियन्त्रणमा लिएको हो । थेगुवाले अख्तियारमा आएका उजुरीको आधारमा आर्थिक वर्ष २०७३,७४ मा उपमहानगरले खरिद गरेको विद्युतीय चिममा ठूलो आर्थिक नोक्सानी पुर्याएको आरोप अनुसार सम्बन्धित फाइल नियन्त्रणमा लिइएको हो । उनका अनुसार अख्तियार कार्यालयमा केहि दिन अघि इटहरी नगरक्षेत्रमा जडान गर्न भनि तिहार अघि किनिएका विभिन्न विद्युत क्षमताका चिम तथा सेटमा लाखौँको घोटला भएको उजुरी परेको थियो ।
उजुरी अनुसार इटहरी उपमहानगरपालिकाका मेयर तथा उपमेयरले सार्वजनिक खरिद ऐनको धज्जि उडाउँदै ९० लाख बढिको विद्युतिय सामाग्री खरिद गरिएको छ। उक्त सामान खरिदमा बजारमा पाउने मुल्य भन्दा ५ सय प्रतिशत बढि मुल्य तिरेको पाइएको भन्दै इटहरी ४ का सुनिल कार्की, राजन भट्टराइ र हिरा आचार्यले इटहरी स्थित अख्तियारको क्षेत्रीय कार्यालयमा लिखित उजुरी गरेका थिए।
अन्नपूर्णबाट

Logo