वीरगन्ज,६,मंशिर

पर्सा प्रहरीले वीरगन्जबाट मंगलवार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुर्र्इ जना नेता कार्यकर्तालार्इ पक्राउ गरेकै दिन नेकपा एमालेका निवर्तमान सांसद एवं प्रदेशसभा सदस्यका उम्मेदवारको घरमा बम विस्फोट भएको छ। "/>

विप्लवका नेता पक्राउ परेकै दिन उम्‍मेदवारको घरमा बम विस्फोट

विप्लवका नेता पक्राउ परेकै दिन उम्‍मेदवारको घरमा बम विस्फोट

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज,६,मंशिर

पर्सा प्रहरीले वीरगन्जबाट मंगलवार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुर्र्इ जना नेता कार्यकर्तालार्इ पक्राउ गरेकै दिन नेकपा एमालेका निवर्तमान सांसद एवं प्रदेशसभा सदस्यका उम्मेदवारको घरमा बम विस्फोट भएको छ। वीरगन्ज १० रानीघाट स्थित एमालेका पर्सा जिल्ला इन्चार्ज समेत रहेका पर्सा क्षेत्र नम्बर २ को क का प्रदेशसभा सदस्यका उम्मेदवार रामचन्द्र साहको घरमा मंगलबार बेलुकी सवा सात बजे बम विस्फोट भएको हो। विस्फोटबाट साहको दुइ तल्ले घरको पूजा कोठाको झयालको सिसा फुटेको छ।
मानवीय क्षति भने भएको छैन । साहको घरको भुइ तल्लामा रहेको कोठाको बाहिरको पर्खाल नजिकै अज्ञात समुहले बम विस्फोट गराएको हो । बुबा घरमा हुनु हुन्थेन, घरमा हामी श्रीमान श्रीमती र बालबच्चाहरु टिभी हेरेर बसिरहेका बेला अचानक बम पडिकएको ठूलो आवाज आयो, उम्मेदवार साहका कान्छा छोरा दिपक साहले बताए । निर्वाचनलार्इ लक्षित गरि विभिन्न जिल्लामा बम विस्फोट गराउदै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु माथि विशेष निगरानी राखेको पर्सा प्रहरीले मंगलवार बिहान वीरगन्जको रानीघाटबाटै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य इस्लाम हवारी र कार्यकर्ता अकलु यादवलार्इ पक्राउ गरेको थियो। यसअघि गत शनिवार पनि पर्सा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका भोजपुरा राज्य जनपरिषद प्रमुख बिग्गा चौरसीयालाई पक्राउ गरि हिरासतमा राखेको छ।
अन्नपूर्णबाट

Logo