बागलुङ, ५ ,मंसिर
सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गए राति बम विस्फोट भएको छ । "/>

राज्यमन्त्री खड्काको घरमा बम विस्फोट

राज्यमन्त्री खड्काको घरमा बम विस्फोट

केन्द्रबिन्दु
0
Shares

बागलुङ, ५ ,मंसिर
सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गए राति बम विस्फोट भएको छ । राति ११ बजे भएको विस्फोटनबाट कुनै मानवीय क्षति भने भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवार समेत रहेकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाज सहित बम विस्फोट भएको थियो ।

घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताए । विस्फोटन गराउने समूहको पहिचान नभए पनि चुनाव बहिष्कारमा लागेको नेपाल कम्युनिस्ट पार्टीले गराएको हुन सक्ने आशंका गरिएको छ । “हामी अनुसन्धानमै छौँ, चुनावी वातावरण बिगार्ने उद्देश्यले विस्फोटन गराएको देखिन्छ”, प्रहरी उपरीक्षक खापुङले भने, “घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउँछौँ ।” मध्यरातमा एक्कासि ठूलो आवाज सहित बम विस्फोट भएपछि बजारवासी त्रस्त थिए । विस्फोटन लगत्तै प्रहरीले घटनास्थललाई घेराउ गरेर राखेको छ । बम विस्फोटनबाट घर अघि आँगनमा रहेको पर्खालमा सामान्य क्षति पुगेको छ ।
रासस

Logo