बनेपा, ५, मंशिर

अरनीको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा स्थित जनागालमा बाटो हिड्दै गरेका एक पैदल यात्रीलाई बोलेरोले ठक्कर दिएर मृत्यु भएसँगै स्थानीयहरुले राजमार्ग अवरुद्ध गरेका छन् । "/>

जीपको ठक्‍करले यात्रुको मृत्यु भएपछि अरनिको राजमार्ग अवरुद्ध

जीपको ठक्‍करले यात्रुको मृत्यु भएपछि अरनिको राजमार्ग अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

बनेपा, ५, मंशिर

अरनीको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा स्थित जनागालमा बाटो हिड्दै गरेका एक पैदल यात्रीलाई बोलेरोले ठक्कर दिएर मृत्यु भएसँगै स्थानीयहरुले राजमार्ग अवरुद्ध गरेका छन् ।  बनेपा नगरपालिका १० घर भएका ५८ वर्षिय स्थानीय बाबु विष्ठलाई बा १८ च ३११९ नम्वरको बोलेरोले बाटो हिड्दै गर्दा ठक्कर दिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र मरासिनीले जानकारी दिए । उनका अनुसार तिव्र गतिमा आएको बोलेरोले विष्ठलाई ठक्कर दिंदा उपचारका क्रममा बनेपा सिरमेमोरीयल अस्पतालमा उनको मृत्यु भएको थियो । विष्ठको मृत्यु भएसँगै आक्रोसित आफन्त र स्थानीयहरुले अरनिको राजमार्ग बन्द गरेका छन् । प्रहरीले पीडितका आफन्तसँग वार्ता भएकाले राजमार्ग सुचारु चाडैं हुने जानकारी दिए । राजमार्ग अवरुद्धसँगै हजारौ यात्रु र अरनिको,हेलम्बु र विपी राजमार्ग हुदै तराईका पुर्वी जिल्ला जाने यात्रुबाहक बसहरु अलपत्र परेका छन्।
अन्नपूर्णबाट

Logo