काठमाडौं,४,मंशिर

नेपाली सेनाले मुलुकभर भएका निर्वाचन विरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताएको छ । "/>

निर्वाचन विरोधी गतिविधि प्रति सेनाको चासो

निर्वाचन विरोधी गतिविधि प्रति सेनाको चासो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,४,मंशिर

नेपाली सेनाले मुलुकभर भएका निर्वाचन विरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने अभिप्रायले मुलुकभर गराइएका विस्फोटका घटनाप्रति गम्भीर बनेको उसले जनाएको छ । उम्मेदवार र मतदाता लक्षित विस्फोटका घटना बढ्न थालेपछि सेनाले पहिलोपटक धारणा सार्वजनिक गरेको हो । सेनाले उम्मेदवार र सर्वसाधारणलाई लक्ष्य गरी विस्फोट गर्नु निन्दनीय भएको बताएको छ । यद्यपि सेनाले विप्लव नेतृत्वको नेकपाको नाम नलिई विस्फोट गराउनेहरूलाई ‘उच्छृंखल र निर्वाचन विरोधी तत्व’ भनी टिप्पणी गरेको छ । रक्षा मन्त्रालयले आइतबार शान्ति सेना सम्बन्धी जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले मुलुकभर भएका निर्वाचन विरोधी गतिविधिप्रति जंगी अड्डा पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo