धादिङवेशी,४,मंशिर
अज्ञात समुहले जिल्ला निर्वाचन कार्यालय धादिङमा राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ। बम राखेको हल्लापछि आइतबार बिहान सदरमुकाम धादिङवेशी आतङ्कित बनेको थियो। आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलार्इ प्रभाव पार्न अज्ञात समुहले निर्वाचन कार्यालयमा बम राखेको हुन सक्ने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले सुरक्षाकर्मी परिचालन गरेको अवस्थामा निर्वाचन कार्यालय परिसरमै बम भेटिएपछि स्थानीयले सुरक्षा व्यवस्था भरपर्दो नभएको भन्दै चिन्ता व्यक्त गरेका छन्। देविदत्त गणबाट आएको नेपाली सेनाको प्राविधिक टोलीले बमलार्इ निष्क्रिय पारेको थियो। जिल्ला निर्वाचन कार्यलयको आफ्नै भवन नभएपछि घर भाडामा लिएर कार्यालय संचालन गरिंदै आएको छ। सुरक्षास्थितिलाई मध्यनजर गर्दै निर्वाचन कार्यालयलाई सुरक्षा निकायहरुको कार्यालय आसपास सार्ने तयारी गरिएको छ।
अन्नपूर्णबाट





























प्रतिक्रिया