बर्बर्ती आँसु झार्दै नर्भिक अस्पताल पुगे प्रचण्ड

बर्बर्ती आँसु झार्दै नर्भिक अस्पताल पुगे प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाताता । काठमाडौं, ३ मंसिर ।

एक मात्र छोरा प्रकाशको आज बिहान निधन भएपछि हाल चुनाव प्रचारका क्रममा झापा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् । उनी झापाबाट हेलिकोप्टरमा तत्काल काठमाडौं आइपुगेका हुन् ।

बर्बर्ती आँसु झार्दै प्रचण्ड छोरा प्रकाशको शव राखिएको स्थान नर्भिक अस्पताल आइपुगेका हुन्। उनीसँगै प्रकाशकी दिदी रेणू पनि अस्पताल पुगेकी छिन् भने पत्नी बीना मगर पनि रुँदै दौडिँदै आकस्मिब कक्षतिर पुगेकी छन् ।

नर्भिक अस्पतालमा आफन्त र शुभेच्छुकको घुइँचो लागेको छ। अस्पताल पुगेका आफन्तजन भावविह्वल छन्।

प्रकाशको शव अहिले आकस्मिक कक्षमै राखिएको छ।

प्रकाशको मृत्युको खबरको औपचारिक घोषणा प्रचण्ड आएपछि गर्ने अस्पतालले तयारी गरेको छ।

 

Logo