गोरखा ,२, मंशिर

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले प्रतिनिधि र प्रदेश सभा उम्मेदवारका कार्यकर्तालाई संयमित राख्न आग्रह गरेका छन् । "/>

भाडामा केटाहरू ल्याएर निर्वाचन जित्ने सपना नदेख्न प्रजिअको उमेदवारलाई चेतावनी

भाडामा केटाहरू ल्याएर निर्वाचन जित्ने सपना नदेख्न प्रजिअको उमेदवारलाई चेतावनी

केन्द्रबिन्दु
0
Shares

गोरखा ,२, मंशिर

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले प्रतिनिधि र प्रदेश सभा उम्मेदवारका कार्यकर्तालाई संयमित राख्न आग्रह गरेका छन् । सर्वदलीय बैठक राखेर प्रजिअ बस्नेतले भने, ‘कार्यकर्तालाई तपाईंहरूले स्पष्ट भनिदिनुस् ‘पेस्तोल, खुकुरी, खुँडा बोकेर नहिँड्नु भनेर । म तपाईंहरूलाई आग्रह गर्छु, हतियार सहित प्रहरीले समात्यो भने हामी छुटाउन सक्दैनौँ भनिदिनुस् ।’ भाडामा केटाहरू ल्याएर निर्वाचन जित्ने सपना नदेख्न पनि प्रजिअले चेतावनी दिए ।

निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको बस्नेतको भनाइ छ । जिल्लाका ३९ स्थानमा सशस्त्र प्रहरीको पोस्ट खडा गरेको बस्नेतले बताए । ‘सशस्त्रको रिजर्भ फोर्स पनि खटाएका छौँ, नेपाल प्रहरीको २४ टोली मोबाइलका रूपमा र तीनवटा रिजर्भ फोर्स राखेका छौँ,’ बस्नेतले भने, ‘नेपाली सेनाका ६ गुल्म मध्ये पाँच गुल्मका सेना १५ ठाउँमा विभाजन गरेर सुरक्षा व्यवस्था मिलाएका छौँ ।’ स्थानीय निकायको निर्वाचन भन्दा सुरक्षा व्यवस्था कडा पारिएको उनको दाबी छ । ‘प्रत्येक मतदान केन्द्रमा कुनै अप्रिय घटना घट्यो भने थप सुरक्षाकर्मी १५ मिनेटमा पुग्छन्, त्यही अनुसार सुरक्षा व्यवस्था मिलाएका छौँ,’ बस्नेतले भने ।
नयाँपत्रिकाबाट

Logo