समुन्द्रको एकै ठाउँ यतिधेरै जहाज

समुन्द्रको एकै ठाउँ यतिधेरै जहाज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३० कात्तिक । प्रशान्त सागरको मध्यमा रहेको मार्शल आयल्यान्ड निकै अनौठो छ । त्यस आसपासको समुन्द्री गहिराईमा पुगेपछि एक फोटोग्राफरले एउटा जहाजको अनौठो अवशेष फेला पारिन् ।


फोटोग्राफले उक्त फोटो लिने मनासयले अवशेष नजिकै पुगे । त्यहाा अर्को लडाकु बिमान पनि भेटिए । उनले ति जहाजको अन्डरवाटर फोटोग्राफी गर्न थाले । उनी जस्तै अरु पनि जहाजको अवशेषको खोजीमा लागे । उनी जति जति अघि बढे, उत्तिनै जहाजको अवशेष फेला पर्न थाल्यो । जताततै अमेरिकन एयरफोर्सको जहाज डुबेको थियो । यस्तो देखेपछि फोटोग्राफर हच्किए । उनलाई डर लाग्न थाल्यो । सोचे, आखिर यहि स्थानमै यति धेरै जहाज कसरी डुब्न पुग्यो ?

एकै स्थानमा यत्तिका विमान दुर्घटना भएको भन्न सकिने ठोस आधार पनि थिएन । त्यसैले फोटोग्राफर रनभुल्लमा परे । उनले जति खोजेपनि वास्तविकता थाहा पाउन सकिनन् । आखिर उनले अमेरिकन आर्मी फोर्सलाई यसबारे सोधे । आर्मीबाट उनलाई एकदमै संक्षिप्त जबाफ आयो, ‘ती जहाज दोस्रो विश्वयुद्धको हो ।’

जापानलाई पराजित गरेपछि अमेरिकन एयर फोर्सले करिब १ सय देखि १ सय ५० अतिरिक्त विमानलाई समुन्द्रमा डुबाउने फैसला गरेको थियो । लडाकु बिमान राख्नका लागि स्थान अभाव भएपछि फोर्सले यस्तो निर्णय लिएको थियो । एजेन्सी

Skip This
Skip This
Logo