बर्दिबास,२८,कात्तिक
विषादी सेवनले महोत्तरीमा दाजुको मृत्यु भएको छ भने भाइ गम्भीर घाइते भएका छन् । सडकमा फ्याकेको प्याकेट भित्रको विषादीलाई खानेकुरा सम्झेर खाएपछि आइतबार साँझ दुई बालक गम्भीर घाइते भएका थिए । गौशाला नगरपालिका ८ बेलगाछीका रामविलाश ठाकुरका ५ वर्षीय छोरा उद्धव ठाकुर र अढाई वर्षीय उदितकुमार ठाकुरको अवस्था गम्भीर भएपछि जनकपुर अञ्चल अस्पताल लगिएको थियो । उपचारका क्रममा उद्धवको मृत्यु भएको गौशालाका स्थानीय संचारकर्मी दिनेश महताले बताए । उदितको अवस्था पनि गम्भीर रहेको छ। उनलाई आईसियूमा राखेर उपचार भइरहेको छ।
‘दुई बालकले बिष सेवन गरेको खवर पाउना साथ हाम्रा प्रहरीको टोली घटनास्थल पुग्यो । त्यहाँ (घटनास्थलमा) थुप्रै प्लाष्टिकको खाली प्याकेटहरु भेटियो, इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले भने, ‘जसमा एउटा थाईमेट नामक विषादीको खाली प्याकेट समेत भेटियो । बच्चाहरुले सोही विषादीको प्याकेट भित्र रहेको थाईमेट सेवन गरेको हुनु पर्छ। स्थानीय मनु साहका अनुसार बिष सेवनले बालकहरु छटपटिदै निरन्तर उल्टी गर्न थालेपछि स्वास्थ्यचौकी लगिएको थियो । तर स्थानीय स्वास्थ्य चौकीमा चिकित्सक नभएपछि जनकपुर पठाइएको थियो। त्यहाँबाट पनि बिरामीलाई बिराटनगर रिफर गरिएको स्थानीयले बताए।
अन्नपूर्णबाट





























प्रतिक्रिया