काठमाडौं , २७, कात्तिक
निर्वाचन आयोगले रुकुम र रोल्पामा भएका घटनालाई लिएर सुरक्षामा उत्पन्न भएको संवेदनशीलता, निर्वाचन सुरक्षा योजना र समग्र शान्ति सुरक्षाको विद्यमान अवस्थाबारेमा विस्तृतरुपमा छलफल र समीक्षा गरेको छ। "/>

उम्मेदवारलाई पूर्ण सुरक्षा दिने सुरक्षा अंगका प्रमुखको प्रतिबद्धता

उम्मेदवारलाई पूर्ण सुरक्षा दिने सुरक्षा अंगका प्रमुखको प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं , २७, कात्तिक
निर्वाचन आयोगले रुकुम र रोल्पामा भएका घटनालाई लिएर सुरक्षामा उत्पन्न भएको संवेदनशीलता, निर्वाचन सुरक्षा योजना र समग्र शान्ति सुरक्षाको विद्यमान अवस्थाबारेमा विस्तृतरुपमा छलफल र समीक्षा गरेको छ। प्रतिनिधिसभाका उम्मेदवार माथि श्रृङ्खलाबद्ध रुपमा आक्रमण भएपछि आयोगले सुरक्षा अंगका प्रमुख बोलाएर छलफल गरेको हो। बैठकमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, रक्षा मन्त्रालयका सचिव विनोद केसी, निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, नेपाली सेनाका रथी पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी सहभागी थिए।

उनीहरुले निर्वाचन सुरक्षा रणनीति प्रस्तुत गरे, प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादबले भने, निर्वाचनका लागि पूर्ण सुरक्षाको प्रबन्धका लागि उहाँहरुले आश्वस्त पार्नुभएको छ। प्रमुख निर्वाचन आयुक्त यादवको उपस्थितिमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा सुरक्षा निकायले प्रस्तुत गरेको सुरक्षा कार्ययोजना र प्रतिबद्धताबाट राजनीतिक दलका नेता, उम्मेदवार र मतदाताको पूर्ण सुरक्षा प्रदान गर्न सुरक्षा निकाय सक्षम रहेको निष्कर्ष निकालिएको छ। बैठकमा रुकुम र रोल्पामा भएको पछिल्लो घटना सहित पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको समीक्षा र मूल्याङ्कन गरिएको यादबले जानकारी दिए।
नागरिकबाट

Logo