काठमाडौं,२६,कात्तिक
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सहित चुनावी अभियानमा जुटेका राजनीतिक दल चुनावी एजेन्डा भन्दा पनि आरोपप्रत्यारोपमा उत्रिएका छन् । "/>

आरोप प्रत्यारोपको राजनिती गर्दै दलहरु

आरोप प्रत्यारोपको राजनिती गर्दै दलहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२६,कात्तिक
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सहित चुनावी अभियानमा जुटेका राजनीतिक दल चुनावी एजेन्डा भन्दा पनि आरोपप्रत्यारोपमा उत्रिएका छन् । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मुख्य शक्ति वाम गठबन्धन र नेपाली कांग्रेस बीचको आरोपप्रत्यारोप चुलिँदै गएको छ। निर्वाचनमा आफ्नो चुनावी एजेन्डा भन्दा पनि कम्युनिस्ट र कांग्रेस बीच गालीगलौज र आरोपप्रत्यारोप बढ्दै गएको छ। कांग्रेसले आगामी निर्वाचनमा कम्युनिस्टले जिते रुन पनि नपाइने अधिनायवाद आउने भन्दै वाम गठबन्धन विरुद्ध खनिएको छ भने वा गठबन्धनले मुलुकमा वाम गठबन्धनको बहुमत आउने त्रासका कारण कांग्रेस आत्तिएको बताउँदै आएको छ।

देशको समृद्धिका लागि मतदाता समक्ष आफ्ना चुनावी एजेन्डा मार्फत मन जित्नेभन्दा पनि दुई ठूला शक्ति आरोपप्रत्यारोप गरेर भोट माग्ने काममा लागेका छन् । वाम गठबन्धन र कांग्रेसका शीर्ष नेता मतदातालाई आफूतिर तान्नका लागि गालीगलौजमा उत्रिएका हुन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धन लोकतन्त्र विरोधी शक्तिका रूपमा खडा भएको आरोप लगाएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धन बीचको एकताले कांग्रेस आत्तिएको बताएका छन् भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निर्वाचन भाँड्ने खेलमा लागेको आरोप लगाएका छन् ।
नेपाल समाचारपत्रबाट

Logo