काठमाडौं,२६,कात्तिक
राजनीतिक दलहरुले औपचारिक रुपमा आफ्नो भावी प्रधानमन्त्री घोषणा नगरेपनि अबको चुनाव पछि पनि मुलुकले वृद्धु नेता नै कार्यकारी प्रमुखको रुपमा पाउने निश्चित जस्तै छ । "/>

चुनाव पछि अबको नयाँ प्रधानमन्त्री को होला ?

चुनाव पछि अबको नयाँ प्रधानमन्त्री को होला ?


काठमाडौं,२६,कात्तिक
राजनीतिक दलहरुले औपचारिक रुपमा आफ्नो भावी प्रधानमन्त्री घोषणा नगरेपनि अबको चुनाव पछि पनि मुलुकले वृद्धु नेता नै कार्यकारी प्रमुखको रुपमा पाउने निश्चित जस्तै छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत गर्दै नयाँ संविधान कार्यान्वयन गर्न आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनले मुलुकलाई ४१ औं प्रधानमन्त्री दिँदैछ । संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले कार्यकारिणी अधिकार सहित सरकार प्रमुखको रुपमा मुलुक सञ्चालन गर्नेछन् । पाँच वर्षसम्म स्थिर सरकार सञ्चालन गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ डोर्‍याउने उद्घोष सहित बाम र लोकतान्त्रिक दुई ध्रुवमा बाँडिएर राजनीतिक दलहरु चुनावी मैदानमा होमिएका छन् । बाम या लोकतान्त्रिक गठबन्धन मध्ये जसले सामान्य बहुमत ल्याए पनि बयोबृद्ध नेताले सत्ताको बागडोर सम्हाल्ने देखिन्छ । वाम गठबन्धनले बहुमत वा उनीहरुकै शब्दमा दुई तिहाई बहुमत पु¥याए मुलुकले सातौँपल्ट कम्युनिष्ट प्रधानमन्त्री पाउनेछ । दुबै गठबन्धनले भावी प्रधानमन्त्रीको रुपमा कसैलाई अघि सारेका छैनन् । गठबन्धनमा आवद्ध दलहरुको प्रमुख वा पहिलो तहका नेता नै भावी प्रधानमन्त्रीका रुपमा हेरिएका छन् । उमेरले उनीहरु बयोबृद्ध छन् । सम्भावित सरकार प्रमुखका रुपमा हेरिएका दलका दोस्रो तहका नेताहरु पनि उमेरले बयोवृद्ध तर्फ अग्रसर छन् ।

एउटै कम्युनिष्ट पार्टी बनाउने घोषणासहित चुनावी तालमेल गरेका एमाले माओवादीको गठबन्धनले कम्तिमा सामान्य बहुमत ल्याउने विश्लेषण भइरहेको छ । त्यसो हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मध्ये एक प्रधानमन्त्री बन्नेछन् । गृह जिल्ला झापा–५, प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओली ६६ वर्षका छन् । उमेरले उनी भन्दा दुई वर्ष कान्छा दाहाल ६२ वर्षमा हिँडिरहेका छन् । उनी पहिलो पटक चितवन–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । चुनाव जितेर सरकार प्रमुख बन्दा ओली दोस्रो र दाहाल तस्रो पटक प्रधानमन्त्री हुनेछन् ।

यता लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याए कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा स्वभाविक रुपमा भावी प्रधानमन्त्रीका उम्मेदवार हुन् । प्रमुख पार्टीका समकालीन राजनीतिज्ञ मध्ये उनी सबैभन्दा बयोबृद्ध नेता हुन् । देउवा अहिले ७२ वर्षका छन् । गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य रहेका उनी यो पटक पनि जितेर दोस्रो ‘ह्याट्रिक’ गर्ने दाउमा छन् । तीनवटा संसदीय र संविधानसभाका दुई निर्वाचन लगातार जितेका देउवाको काँधमा सरकार प्रमुखको जिम्मेवारी पाए उनी पाँचौपल्ट प्रधानमन्त्रीको कुर्सीमा बस्नेछन् । कांग्रेसबाट प्रधानमन्त्री दाबी गर्न सक्ने सम्भावित उम्मेदवार पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पनि ७२ वर्षका भए। उनी तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । पहिलो संविधानसभामा १७ पटक चुनाव लड्दा समेत पराजित भएपनि उनी प्रधानमन्त्री बन्नबाट बञ्चित भएका थिए । त्यसैले लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याउँदा उनले प्रधानमन्त्री दाबी गर्न छोड्ने छैनन् ।
नागरिकबाट

Logo